Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


दार्चुलाको टिंकर सडकखण्ड निर्माणमा भारतसँग छलफल गर्न विकास समितिको निर्देशन


52
Shares

काठमाडौं, पुष १६ । विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो । यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

समिति सभापति कल्याणी खड्काले दार्चुला टिंकर सडकखण्डको रेखाङकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ढुङगाको चट्टान फोर्दा ढुङगाका टुक्राहरु सिमापारी जाने भएकाले समय समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरेको बताउनु भयो । अवरोधले काममा समस्या भएकाले भारतीय पक्षसँग समन्वय गरी काम गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको बताउनुभयो ।

समितिले कर्णाली करिडर तथा दार्चुला सडकखण्ड निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।