विराटनगर, माघ २१ । प्रदेश नम्बर–१ सरकारले ‘कोरोनाभाइरस’को जोखिमबाट बच्न पूर्वसर्तकता अपनाउन तयारी थालेको जनाएको छ ।
मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोनाभाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्वतयारीस्वरुप जनचेतना फैलाउने र संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको बताए ।
कार्यक्रममा सहभागी चिकित्सकहरुले कोरोनाभाइरस नेपालमा फैलिए रोकथाम गर्न गाह्रो हुने भएकाले भित्रन नदिन उच्च सर्तकता आवश्यक रहेकोमा जोड दिएका थिए ।








प्रतिक्रिया दिनुहोस्