Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सरकारी उच्च स्तरीय टोलीले गर्‍यो महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको निरिक्षण


39
Shares

कञ्चनपुर । सरकारी उच्च स्तरीय टोलीले महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको मुल नहरको स्थलगत निरीक्षण गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ कर्ण, उर्जा मन्त्रालयका सह–सचिव नुर मोहमद खाँ, सिँचाइ विभागका उप महानिर्देशक चुर्ण बहादुर ओली, अर्थ मन्त्रालयका सह–सचिव शिव शर्मा कार्कीको टोलीले महाकाली सिचाँइ तेस्रो चरण आयोजनाको स्थलगत निरीक्षण गरेको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य कर्णले महाकाली सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले छिटो भन्दा छिटो किसानको खेत सिंचित हुने गरी आयोजनाको काम अघि बढ्ने बताउनुभयो ।

उर्जा मन्त्रालयका सह–सचिव खाँले महाकाली सिँचाई आयोजनाको काममा ढिलाई हुनुको कारण समयमै राष्ट्रिय गौरवको आयोजनामा नपर्नु रहेको बताउनुभयो ।

उच्च स्तरीय टोलीले शुक्लाफाँटा, बेदकोटमा निर्माणाधिन नहर र भारतीय क्षेत्रमा निर्माण भइरहेको नहरको स्थलगत निरीक्षण गर्नुका साथै भारतीय पक्षसँग छलफल समेत गरेको थियो ।

एकीकृत महाकाली सन्धिमा टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि १ हजार क्युसेक पानी पाउने छ  । सम्झौता अनुसार भारतले जनवरी अन्तिममा नहरमा पानी छोड्ने बताएपनि नेपालतर्फ भने हालसम्म मुल नहर तथा शाखा नहरहरु निर्माणको काम सकिएको छैन ।

आयोजना मार्फत पहिलो चरणमा १४ हजार २ सय ९० हेक्टर र दोश्रो चरणमा १९ हजार ३ सय १० हेक्टरमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाले जनाएको छ ।