२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


राष्ट्रियता बलियो बनाउन राजनीतिक दलहरु एकजुट हुनुपर्छ : कुन्ती शाही


247
Shares

काठमाडौं, पुष ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले देशको राष्ट्रियता बलियो बनाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शाहीले राजनीतिक दलहरु आ–आफ्नो विचार र वादभन्दा माथि उठेर राष्ट्रियतालाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले राष्ट्रियता बलियो भएको देश बनाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने धारणा राख्नुभयो । नेपाली युवाहरुको चाहाना विदेशीले हस्तक्षेप गर्न नसक्ने बलियो देश, स्वावलम्वी अर्थतन्त्र भएको देश बनाउने रहेको भन्दै माओवादी केन्द्रले महाधिवेशनबाट त्यस्तै प्रकारको नीति लिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।