२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रदेश–१ को नामकरण र राजधानी पाँचौँ अधिवेशनले टुंग्याउने


0
Shares

काठमाडौं । प्रदेश–१ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुंग्याउने भएको छ ।

नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ ।

प्रदेशसभाको तेस्रो अधिवेशनले २०७५ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगरलाई कायम गरेको थियो ।

पाँचौँ अधिवेशनअर्थात् हिउँदे अधिवेशन आगामी विहीबारबाट सुरु हुने हुँदैछ ।

विसं २०७४ फागुन ३ गते गठन भएको प्रदेश सरकारले हालसम्म ४३ कानून निर्माण गरी गरिसकेको छ ।

पाँचौं अधिवेशनबाट प्रदेशको नामलाई छिनोफानो लगाइने तथा नयाँ आठ विधेयक पारित हुनसक्ने बताइएको छ ।

मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएका विधेयक प्रदेशसभामा दर्ता भएमा अधिवेशनमा कम्तीमा नयाँ १० विधेयक पारित हुनसक्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

गत वर्ष वैशाख १९ गते बसेको बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश भएको थियो ।

तेस्रो अधिवेशनले प्रदेशको राजधानी विराटनगरलाई अनुमोदन गरे पनि नामकरण गर्न सकेको थिएन ।

प्रदेश–३ वाग्मती, प्रदेश–४ गण्डकी  र प्रदेश–६ कर्णाली र प्रदेश –७ सुदूरपश्चिम प्रदेश नामकरण भएका छन् । प्रदेश–१, प्रदेश–२ र प्रदेश–५ नामकरण हुन बाँकी रहेको छ ।