काठमाडौं । सामाजिक संस्था कोन्दो फाउन्डेसनले धादिङको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
धादिङको केवलपुर, थाक्रेमा रहेको बाराही आधारभूत विद्यालयका विद्यार्थीलाई फाउन्डेसनकी अध्यक्ष अपार खड्काको अगुवाइमा शैक्षिक सामाग्रीका रुपमा ब्याग तथा कापी कलम र विष्कुट–चकलेट वितरण गरिएको हो ।
उक्त अवसरमा अध्यक्ष खड्काले विद्यार्थीहरुको भविष्य निर्माणमा शिक्षकहरुको भूमिका प्रभावकारी हुने भएकाले सोही अनुसारको योजना बनाउन आवश्यक रहेको बताइन ।
कार्यक्रममा प्रधानाध्यापक इन्द्रकुमार रेग्मीले कम्युटर शिक्षा प्रणालीका लागि आवश्यक सामाग्रीको माग गरे ।
कोन्दो फाउन्डेसनका कोषाध्यक्ष केशव रिमाल, सदस्य नरेश खड्का, समाजसेवी फूरी शेर्पा, व्यवसायी कुमार कार्कीलगायतको उपस्थित थियो ।









प्रतिक्रिया दिनुहोस्