Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


खेल्न भनेर घरबाट हिडेका काभ्रेका सौरवको शव नदीमा भेटियो


0
Shares

काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव हिजोआइतबार दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी र स्थानीय बासिन्दाले खोजतलासको क्रममा आइतबार इन्द्रावती नदीमा डुबिरहेको अवस्थामा १६ वर्षीय सौरवलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए ।

सौरवको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस