Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


वर्षा र हिमपातको सम्भावना


299
Shares

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल सुदूर पश्चिम प्रदेश,लुम्बिनी प्रदेश र प्रदेश नं २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाअनुसार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, देशका पहाडी भू-भागको एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

तराईका भू-भागहरुममा बिहानको समयमा हुस्सु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।