सुनसरी । संघीय प्रहरी इकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
यौन दूव्र्यवहारको आरोप लागेका राणाविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएका हुन् ।
राणाले आत्मसर्मपण गरेपछि अब अनुसन्धानका लागि अदालतमा उपस्थित गराई म्याद थप गरिने सुनसरी प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए ।
राणालाई गृह मन्त्रालयले गत शुक्रबार निलम्बन गरेको थियो ।
यौन दुव्र्यवहार गरेको भन्दै झापाकी एक महिलाले राणाविरुद्ध उजुरी दिएकी थिइन् । राणाले भने आरोपको खण्डन गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्