१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सवारी दुर्घटनामा सर्लाहीमा तीन जनाको मृत्यु


0
Shares

सर्लाही । गोडैता र परवानीपुरमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–७, मोहन चोकमा शनिवार राती नम्वर पहिचान नभएको गाडीले बरहथवास्थित लौकठ हीरापुरबाट सदरमुकाम मलंगवातर्फ आइरहेको बीआर ३० एच ६७९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका–२, का २० वर्षीय उपेन्द्र सोनार र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षकै राजेन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोनारको घटनास्थलमै र यादवको उपचारका क्रममा आइतवार बिहान जिल्ला अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै लालबन्दी नगरपालिका– १६, परवानीपुर भोर्लेनीमा शनिवार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

रानीगञ्जबाट परवानीपुरतर्फ गइरहेको ना १९ प २१६० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँकी ७० वर्षीया जोककुमारी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।