
काठमाडौं, पुष ६ । एमसीसी खारेजको माग गर्दै विभिन्न राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले लगायतका विभिन्न राजनितिक दलहरुले एमसीसी संसदबाट पारित नगर्न चेतावनी दिए ।
कार्यक्रमका वक्ताहरुले एमसीसी अनुदान नभएको दाबी गर्दै एमसीसी मार्फत अमेरिकाले नेपाललाई सैन्य रणनीतिभित्र पारेर चीनसँग लड्ने अखडा बनाउन चाहेको जिकिर गरे । ५० करोड डलरमा नेपालको स्वाधीनता बिक्री गर्न खोजेको उनीहरुको दाबी छ ।
एमसीसी अनुमोदन नभए पनि संस्थाका नाममा ११ अर्ब बढी रकम खर्च भइसकेको उनीहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्