जनकपुरधाम, माघ १७ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत् प्रदेश नम्बर–२ सरकारले बालिकाहरुको बिमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख पुर्याएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत् अघिल्लो वर्षको माघ महिनापछि जन्मिएका बालिकाहरुको एक लाख रुपैयाँको बिमा गरिँदै आएकामा उक्त रकम बढाएर तीन लाख पुर्याइएको बताए ।
लैंगिक समानता र भ्रूणहत्या रोक्ने उद्देश्यले सुरु गरिएको अभियान गत वर्ष अपेक्षाअनुसार सफल हुन नसकेपछि यस वर्षदेखि स्थानीय तहबाटै सन्चालन गरिने उनले जानकारी दिए ।
यसका साथै मधेस आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यलाई रोजगारी तथा गुजाराका लािग सहयोग दिने, मधेस सहिद प्रतिष्ठान गठन गर्ने र प्रादेशिक अस्पताललाई आयुर्विज्ञान स्वास्थ्य प्रतिष्ठानको रुपमा परिणत गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्