
एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलद्धारा लिड्स युनाइटेड ४–१ ले पराजित भएको छ ।
लिड्सको मैदानमा भएको खेलमा भ्रमणकारी टोली आर्सनललाई विजयी गराउन ग्याब्रियल मार्टीनेलीले दुई गोल गर्दा बकायो साका र एमिले स्मीथ रोवेले एक एक गोल थपे ।
पराजित टोली लिड्स युनाइटेडका राफिन्हाले एक गो्ल फर्काए । प्रिमियर लिगअन्र्तगत हिजो हुनुपर्ने अन्य ६ खेलहरु भने कोभिडको कारण स्थगित गरिएको छ ।
खेलाडी तथा पदाधिकारीमा कोरोना संक्रमण देखिएपछि म्यान्चेस्टर युनाइटेड र ब्राइटन, एस्टन भिल्ला र बर्न्ले, साउथह्याम्पटन र ब्रेनफोर्ड, वाट्फोर्ड र क्रिष्टल प्यालेस तथा नरिच सिटी र वेष्ट ह्याम युनाइटेडबिचको खेल कोभिडले रद्द भएका हुन्।
प्रिमियर लिग मात्रै नभएर इंग्ल्याण्डका अन्य फुटबल प्रतियोगिताहरु पनि कोभिडको कारण स्थगित भईरहेका छन् । यो हप्ता हुनुपर्ने विभिन्न तहका फुटबल लिगका अन्य १९ खेलहरु पनि रद्द गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्