Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


टिपरले किचेर मारिएका युवकका आफन्तले गरे सुर्खेतमा यातायात बन्द, यात्रुहरु अलपत्र


0
Shares

सुर्खेत । वीरेन्द्रनगरमा गत मंगलबार टिपरले किचेर एक जनाको मृत्यु भएको विरोधमा आज यातायात बन्द गरिएको छ । पीडित संघर्ष समितिले टिपर चालक र मालिकलाई जन्मकैद, पीडित परिवारलाई उचित क्षतिपूर्ति र प्रहरी ज्यादती बन्द गर्नुपर्ने माग गरेका छन् ।

टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ सिम्खेतका २० वर्षिय केशर सिंहको मृत्यु भएको थियो । यातायात बन्द हुुदा सुर्खेत भित्रने र बाहिरिने सवारी साधन चलेका छैनन भने यात्रुहरु अलपत्र परेका छन् ।

बजार बन्द गराउँदै हिडेका दर्जन बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक केशरका आफन्तले अझै शव बुझेका छैनन् भने शव पोष्टमार्टका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।

यता जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था थप कडा पारेको जनाएको छ । केशर सिंहको मृत्युपछि भएको प्रदर्शनले उग्र लिंदा स्थानीय प्रशासनले कफ्र्यू नै लगाउनु परेको थियो ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकोे जनाएको छ ।