
ललितपुर । बाफ लिन साउना गएका दम्पतिको निसास्सिएर मृत्यु भएको छ । तिखेदेवलमा रहेको फिट एण्ड फाइन जिम सेन्टरमा साउनाबाथ लिने क्रममा बेहोस भएका दम्पतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा हस्तकुमार मगर र उनकी श्रीमती नेत्रकुमारी मगर रहेको प्रहरीले जानकारी दिएको छ । साउना लिन छिरेका दुवैजनाले लामो समयसम्म ढोका नखोलेपछि जिम सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले आएर ढोका खोलेर हेर्दा दुवै बेहोस अवस्थामा भेटिएका थिए । तत्काल उनीहरुलाई पाटन अस्पताल पुर्याइएको थियो । पाटन अस्पताल पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसरका एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
अक्सिजनको कमी हुँदा निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भैरहेको एसपी सिंहले जानकारी दिइन् ।
मृतक हस्त मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव थिए। जिम सञ्चालकलाई सातदोबाटो प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्