१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


भैरहवामा बोराले च्यापिएर चार जनाको मृत्यु


0
Shares

भैरहवा । भैरहवाको गल्लामण्डीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ ।

सिद्धार्थ नगरपालिका–६ मा गए राती सुतेको बेलामा खादको बोराले च्यापिएर एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ३० वर्षीय सहजात हुसैन, उनकी २६ वर्षीया श्रीमती सद्दाम खातुन, ६ वर्षीय सुल्तान हुसैन र २ वर्षीया सहिना खातुन रहेका छन् ।

भारत बिहारका उनीहरु १५ वर्षदेखि बोरा सिलाउने काम गर्दै आएको बताइएको छ ।