Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कांग्रेसको मतगणना जारी, देउवाको अग्रता कायमै (अपडेट)

अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना

637
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । आज बिहान ४ बजेदेखि शुरु भएको सभापति पदको मत गणनामा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।

अहिलेसम्म ३ हजार १ सय ८१ मत गणना हुँदा देउवाले १ हजार ५ सय ६ मत प्राप्त गर्नुभएको छ । देउवालाई पछ्याइरहेका शेखर कोइरालाले १ हजार १ सय ८८ मत प्राप्त गर्नुभएको छ भने सभापतिका अर्का प्रतिष्पर्धी प्रकाशमान सिंहले २ सय ५४, विमलेन्द्र निधिले १ सय ७३ र कल्याण गुरुङले १५ मत ल्याउनुभएको छ ।

सभापति पदमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्दछ । हिजो बिहान साढे ११ बजे शुरु भएको मतदान गएराती साढे ११ बजे सकिएको थियो । निर्वाचनमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापतिको मतगणना सकिएपछि मात्रै अन्यपदहरुको गणना गरिने बताईएको छ ।