Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


अपांगता भएका बालबालिकालाई समानरुपमा शिक्षाको अवसर प्रदान गर्न आग्रह


0
Shares

काठमाडौं, माघ १४ । सरोकारवालाहरुले विभिन्न किसिमको शारीरिक अपांगता भएका बालबालिकालाई समानरुपमा शिक्षाको अवसर प्रदान गर्न सरकारलाई आग्रह गरेका छन् ।

ब्रिटिस काउन्सिलले मंगलबार काठमाडौंमा गरेको कार्यक्रमका सहभागीहरुले अपांगतामैत्री शिक्षा प्रणाली नहुँदा अपांगता भएका बालबालिका विद्यालयबाहिरै रहेको दाबी गरे ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आखा नदेख्ने र कान नसुन्ने बालबालिकालाई विद्यालय भर्ना गरिएपनि उनीहरुलाई पढाउने उपयुक्त शिक्षक नहुनु चुनौतीपूर्ण भएको बताए ।

कार्यक्रममा समावेशी शिक्षासम्बन्धी ऐन कार्यान्वनमा ल्याउनुपर्ने, समावेशी शिक्षासम्बन्धी अस्पस्टतालाई हटाउनुपर्ने र शिक्षकहरुको पेसागत सिकाइ विकास गराउन सुझाव दिइएको थियो ।