
फाइल तस्बिर
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले भोलि देखि सुरु हुने संसदको अधिवेशन तयारीका सम्बन्धमा आज संसद भवन निरिक्षण गर्नु हुने भएको छ ।
सभामुख सापकोटाले आज ११ बजे संघीय संसद भवनको बैठक स्थल लगायतको निरिक्षण गर्ने हुनु भएको हो । त्यस्तै, आज विहान ११ बजे देखि संघीय संसद भवनको स्काई हलमा सभामुखलगायत संघीय संसदमा आवद्ध सबैको कोभिड १९ को एन्टिजेन परिक्षण गरिदै छ ।
संघीय संसदका पदाधिकारीहरु, दुवै सदनका माननीय सदस्यहरु, महासचिव लगायत सबै कर्मचारी, संसदीय मामीला आवद्ध सञ्चारकर्मीहरु, मर्यादापालक, सुरक्षाकर्मीहरुकोसमेत एन्टिजेन परीक्षण गरिने भएको हो । परिक्षण दिउँसो ३ बजे सम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्