Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सिन्धुलीमा १४ करोड २७ लाखमा एकीकृत सरकारी भवन निर्माण


0
Shares

सिन्धुली । भुकम्पले क्षतिग्रस्त सरकारी कार्यालयहरुको पुनःनिर्माण अन्तर्गत एकीकृत सरकारी कार्यालय भवन निर्माण सम्पन्न भएको छ ।

जिल्ला हुलाक कार्यालय, सरकारी वकिलको कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन नं.४ रामेछापको सम्पर्क कार्यालयको एकीकृत भवन निर्माण भएको हो ।

कमलामाई नगरपालिका–६ स्थित खम्बेचोरीमा निर्माण गरिएका भवनहरु जिल्लाकै पहिलो नमुना एकीकृत भवन हो । १४ करोड २७ लाखको लागतमा निर्माण गरिएका भवनहरु भूकम्प प्रतिरोधी, अपाङग तथा महिलामैत्री छन् ।