Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


ओखलढुगां जीप दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो (अपडेट)


0
Shares

काठमाडौं । ओखलढुगां जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि काठमाडौं ल्याईएको छ । नेपाली काँग्रेसका नेता तथा पुर्वसांसद रामहरि खतिवडाले हेलिकप्टरमार्फत घाइते सबैको उद्धार गरेका छन् । उनीहरुलाई उपचारकालागि उद्धार गरी काठमाडौं ल्याइएको हो ।

उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आज बिहान ओखलढुगांको सिद्धडाँडामा जीव दुर्घटना हुँदा एक जनाचको मृत्यु भएको थियो भने तीनजना गम्भीर घाइते भएका थिए । बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै मृत्यु भएको थियो । 

गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो  दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका जीतबहादुर बस्नेत, मृतक विश्वकर्माकी छोरी कल्पना र स्थानीय अमिता बुढाथोकी गम्भीर घाइते भएका छन् ।