Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तोडफोड


0
Shares

भैरहवा । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा तोडफोड भएको छ ।

सोही कलेजमा अध्ययनरत विद्यार्थी महावीर शाहको उपचारका क्रममा मृत्यु भएपछि कलेजमा तोडफोड भएको हो । उनी बीडीएस तहमा अध्ययनरत थिए ।

डाक्टरको लापरवाहीका कारण शाहको मृत्यु भएको आफन्तको आरोप छ । 

स्थिति नियन्त्रणका लागि अहिले प्रहरी परिचालन गरिएको छ । विद्यार्थीको प्रदर्शनले अस्पतालको आईसीयू कक्षमा समेत क्षति पुगेको छ ।