Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


शहीद सप्ताह आजबाट सुरु, ‘राज्यले शहीदलाई सम्मान गर्न सकेन’


0
Shares

काठमाडौं, माघ १० । यस वर्षको शहीद सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई विक्रम संवत १९९७ माघ १० गते आजैका दिन टेकुको पचलीमा रहेको रूखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

यसै दिनको सम्झना गर्दै आज कुपण्डोलस्थित शहिद शुक्रराज शास्त्रीको प्रतिमास्थलमा शहीद स्मारक समितिले कार्यक्रम गरेको छ ।

नागरिक समाजका व्यक्तिहरुले शहिद शुक्रराज शास्त्रीको भूमिकाको योगदान गर्दै उनको तस्विरमा माल्यार्पण गरेका थिए ।

शहीद स्मारक समितिका सचिव रामकृष्ण हाडाले राज्यले शहीदहरुलाई सम्मान गर्न नसकेको  बताए ।

त्यसैगरी, धर्मभक्त माथेमालाई माघ १३ गते फाँसी दिइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानिएको थियो ।

माघ १६ गते सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरी यो दिवस मनाउने गरिन्छ ।