२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेपाल एयरलाईन्सका २२ पाईलटको सामुहिक राजिनामा (राजीनामा पत्रसहित)


0
Shares

काठमाडौं । नेपाल एयरलाइन्सका २२ जना पाइलटले सामुहिक राजिनामा दिएका छन् ।

राष्ट्रिय ध्वजाबाहक नेपला एयरलाईन्सका स्थायी उडान दलका सदस्यहरुले तीन महिनापछि बिदा हुनेगरी राजिनामा बुझाएका हुन् ।

सेवा सुविधामा व्यवस्थापनले विदेशी र नेपाली पाइलटबीच चरम विभेद गरेको उनीहरुको आरोप छ । आफुहरुले बढी काम गरेपनिज विदेशी पाईलटहरुले बढी सुविधा पाईरहेको उनीहरुको गुनासो छ ।

पाइलटहरुका अनुसार महिनामा ४६ घण्टा जहाज उडाएर हप्तामा २ दिन छुट्टी पाउने विदेशी पाईलटलाई १५ लाख रुपैंया दिइन्छ ।

उनीहरुको कर पनि व्यवस्थापनले तिरिदिन्छ । तर नेपाली स्थायी पाईलटले भने महिनामा ९५ घण्टा जहाज उडाउँदा हप्ताको एक दिन मात्रै विदा पाउने गरेका छन् ।

उनीहरुको तलब ५ लाख रुपैंया छ भने कर पनि आफैले तिर्नुपर्छ ।