Logo २२ भाद्र २०८२, आइतबार | Sun Sep 7 2025


छोरी जन्माएका २ सयभन्दा बढी आमालाई प्रोत्साहन भत्ता


0
Shares

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माएका २ सयभन्दा बढी आमालाई प्रोत्साहन भत्ता दिएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माएका २ सय १२ आमालाई  प्रोत्साहन स्वरुप १/१ हजार रुपैयाँका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए ।

गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन सुरु गरेको थियो ।

सरकारले स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनेलाई एक हजार र चार पटक गर्भजाँच गराउनेलाई थप चार सय रुपैया दिँदै आएकोमा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन सुरु गरेको हो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन ।

दोगडाकेदार गाउँपालकाले छोरी जन्मिंदा दिने गरेको प्रोत्साहन भत्ताले केही राहत भएको स्थानीय वासिन्दाले बताएका छन् ।

छोरी जन्मिंदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।