मोरङ । लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको बस आज दुर्घटना भएको छ । कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी विराटनगर १५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घनपालथान गाउँपालिका वडा नम्बर ४ रामचोकमा अनियन्त्रित भएर बस पल्टिँदा ११ जना विद्यार्थी घाइते छन् ।
उनीहरूको अवस्था सामान्य छ । दुर्घटनापछि फरार रहेका बसका चालक विराटनगर १० का खिलबहादुर खड्का पक्राउ परेका छन् ।
बाक्लो हुस्सु लागेकोले विपरीत दिशाबाट आउँदै गरेको सवारी टाढैबाट देख्न नसक्दा बस अनियन्त्रित भई पल्टेको खड्काले बयान दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्