Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अरुलाई कामु नदिन प्रधानन्यायाधीश जबरा जबरजस्ती डिस्चार्ज भए : अध्यक्ष श्रेष्ठ


0
Shares

काठमाडौं, मंसिर १७ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ ।

शुक्रबार पनि सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको हो ।त्यसक्रममा बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश कोरोना पोजेटिभ भएको अवस्थामा स्वास्थ्य प्रोटिकल पालना समेत नगरी अरु न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीश बन्न नदिनका लागि जबरजस्ती डिस्चार्ज भएको आरोप लगाउनुभयो ।

श्रेष्ठले प्रधानन्यायाधीश जबराले संविधानको धारा १२९ को उपधारा ६ बमोजिम कुनै कारणले प्रधानन्यायाधीशले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा सर्वोच्च अदालतमा उपस्थित हुन नसकेमा सर्वोच्चका वरिष्ठतम न्यायाधीशले कायममुकायम भएर काम गर्ने सक्ने व्यवस्था रहेको स्मरण गराउँदै बारले यो विषयमा अगाडि नै ध्यानाकर्षण गराएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएको पाँच दिनमा नै डिस्चार्ज भएर न्याय सम्पादनको काम गर्नु गलत भएको भन्दै यसले सर्वोच्चमा गलत नजिर बस्ने जिकिर गर्नुभयो ।