काभ्रे, माघ ७ । आफ्ना पति अर्जुन लामाको हत्या आरोपी नेकपा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन लागेकामा पीडित पूर्णिमाया लामाले आपत्ति जनााएकी छिन् ।
हामीसँग कुरा गर्दै पीडित पूर्णिमायाले मेरा पतिका हत्यारालाई कार्वाहीको सट्टा सभामुख बनाउनु न्यायमाथिको आशामा तुषारापात हुने टिप्पणी गरिन् ।
उनले अनेक कष्ट व्यहोरेर सर्वोच्चसम्म मुद्दा लगेको भन्दै अझै पनि न्यायालयबाट न्याय पाउने आशा भने नमारेको बताइन् ।
तात्कालीन समयमा पति अर्जुनका हत्याराहरुविरुद्ध जिल्लामा किटानी जाहेरी दिनसम्म नपाएको स्मरण गर्दै उनले मुद्दा हाल्नैका लागि पनि अदालतको ढोका ढक्ढकाउनु परेको विवशता सुनाइन् ।
अदालतको आदेशपछि मात्र २०६४ सालमा माओवादी नेता सापकोटा, सूर्यमान दोङलगायतविरुद्ध मुद्दा हालेको तर यत्रो समयसम्म पनि फैसला नआएकोमा चिन्ता व्यक्त गरिन् ।
सबै संघसंस्थाहरुले सघाए भने अझै पनि न्याय पाउन सकिन्छ कि भन्ने आफूलाई लागेको उनको भनाइ छ ।
हेरौं उनले हामीसँग गरेको यो कुराकानी









प्रतिक्रिया दिनुहोस्