Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


हिटर बालेर सुतेका आठ भारतीय पर्यटकको मृत्यु (अपडेट)


0
Shares

मकवानपुर । थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।

आज बिहान होटलमै अचेत अवस्थामा भेटिएका उनीहरुमध्ये एक जनाको घटनास्थलमै र बाँकीको काठमाडौंको ह्याम्स अस्पतालमा मृतक घोषणा गरिएको हो ।

दुई कोठा लिएर बसेका उनीहरु भारतको केरला प्रदेशका भएको प्रहरीले जनाएको छ । उनीहरु ४ महिला र ४ पुरुष रहेका छन् ।

ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

अचेत अवस्थामा रहेका भारतीयहरुलाई हेलिकप्टरमार्फत काठमाडौं स्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।

उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । उनीहरु कटेजमा बसेका थिए । टोलीमा १५ जना थिए ।

मृतकहरुको सनाखत गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।