मकवानपुर । दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका एक जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
अन्य सात जना अचेत अवस्थामा फेला परेका छन् । थाहा नगरपालिका–४, दामनस्थित रिसोर्टमा बसेका उनीहरु आज बिहान बेहोस अवस्थामा भेटिएका हुन् ।
बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरलले नेपाल घुम्न आएका ४ पुरुष र ४ महिला होटलमा बेहोस भेटिएको जनाएको हो ।
प्रहरीका अनुसार, बेहोस सबैलाई उपचारका लागि काठमाडौंको हेम्स अस्पताल ल्याइएको छ । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए ।
तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए । प्रहरीका अनुसार, उनीहरू ग्यास हिटर बालेर सुतेका थिए । यसकै कारण उनीहरू बेहोस भएको हुनसक्ने आशंका प्रहरीको छ ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्