Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


दक्षिण पूर्वी एशियाका देशलाई उच्च सतर्कता अपनाउन ब्ल्युएचओले दियो सुझाव


0
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता फैलिएसँगै नेपाल लगायत दक्षिण पूर्वी एशियाका देशलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

डब्लूएचओको दक्षिण– पूर्वी एशिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

डब्लूएचओकी क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांस देशहरुमा कोभिड– १९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको भन्दै अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा नहटेको जानकारी दिनुभएको छ ।

दक्षिण–पूर्वी एशियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तरराष्ट्रिय यात्रा गर्नेहरुमाथि थप निगरानीका साथै नियन्त्रणका उचित उपाय उपनाउनसमेत डब्लूएचओले सुझाव दिएको छ ।