 
	    काठमाडौं, मंसिर ९ । नेपाल राष्ट्र बैंकले कोरोनाको प्रभाव कम हुँदै गएसँगै हाल देशभर कुल ८७ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा रहेको जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको कोरोनाले अर्थतन्त्रमा पारेको तेस्रो पुनरावृत्ति सर्वेक्षण अनुसार सञ्चालित उद्योग गत कात्तिकमा बढेर ८७ प्रतिशत पुगेको देखिएको हो ।
गत बैशाखमा गरिएको सर्वेक्षणमा ४ दशमलव २ प्रतिशत उद्योगहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको पाइएको छ ।
पछिल्लो समय औद्योगीक उत्पादनमा समेत वृद्धि भई औसतमा ७४.७ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग व्यवसायहरुले कात्तिकमा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको केन्द्रीय बैंकले जनाएको छ ।
उद्योग व्यवसायमा बजार माग नबढ्नाले कारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर हुनु, उत्पादन लागत बढ्नु तथा पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त नभएको बताएका छन् । कोरोना विरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान हुँदा उत्पादन एवम् कारोबारको अवस्थामा सुधार आई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि राष्ट्र बैंकले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्