Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रदेश १ मा मन्त्रीपरिषद विस्तार, मन्त्रीमण्डलको संख्या नौ पुग्यो


0
Shares

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको झण्डै २ वर्षपछि उनले ४ जना राज्यमन्त्री थप गरेका हुन् ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा विजय विश्वास र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर नियुक्त भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारमा महिला सहभागिता न्यून रहेको भन्दै सत्तापक्षका महिला सांसदले असहमति जनाएका थिए । यससँगै मन्त्रीमण्डलको संख्या ९ पुगेको छ ।