काठमाडौं । नेपालबाट अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी जानेक्रम बढेसँगै काठमाडौंमा अष्ट्रेलियन एजुकेशन ईन्फर्मेसन सेन्टरको सुरुवात गरिएको छ ।
नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले ईन्फर्मेसन सेन्टर सुरु भएकोमा खुशी व्यक्त गरेका छ्न ।
साथै उनले सूचना केन्द्र नेपाली विद्यार्थीहरुको लागि जानकारीको भरपर्दो माध्यम बन्ने विश्वास पनि व्यक्त गरे ।
नायरका अध्यक्ष विज्ञान श्रेष्ठले विद्यार्थी, अभिभावक र अन्य सम्बद्ध निकायलाई अष्ट्रेलियाको शैक्षिक क्षेत्रबारे जानकारी दिने उद्देश्यले सूचना केन्द्र खोलिएको बताए ।
काठमाडौंको हात्तिसारमा खोलिएको सूचना केन्द्रमा सेमिनार हल, मिटिंग रुम, परामर्श केन्द्र, डिजिटल लाईब्रेरीको माध्यमबाट अष्ट्रेलिया आउनुअघि नै विद्यार्थी र सम्बद्ध सबैले यहाँको विषयमा सूचना प्राप्त गर्नेछन् । एउटै थलोमा उनीहरुले विश्वविद्यालयहरुका प्रतिनिधिसँग परामर्श समेत गर्न पाउनेछन् ।
अशोसिएसन अफ नेप्लीज अल्मुनी फ्रम अष्ट्रेलियाका अध्यक्ष डा. रामहरि अर्यालले सूचना केन्द्रको आवश्यकता टडकारो बनेको बेलामा सुरुवात गरिएको भन्दै प्रशंसा गरेका छ्न ।
नायरले सूचना केन्द्रमा आईईएलटीएस परीक्षाको तयारी, अष्ट्रेलिया जानुअघिको तालिम, शिक्षा ऋण, विश्वविद्यालयहरुमा विषय छनोट लगायत सेवा सम्बन्धि परामर्श दिनेछ ।










प्रतिक्रिया दिनुहोस्