Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


निजी विद्यालयहरुलाई बन्द गर्न खोजिए संघर्षमा उत्रिने चेतावनी


0
Shares

राजविराज, माघ ४ । निजी विद्यालयहरुले गुणस्तरीय शिक्षा दिँदै आएपनि सरकारले निरुत्साहित गर्न खोजेको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।

शनिबार सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनको प्रदेश नम्बर–२ को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले सरकारले सम्मानजनक व्यवहार गर्न नसकेको बताएका हुन् । 

कार्यक्रममा प्रदेश–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सामुदायिक विद्यालयहरुको अवस्था अझै जर्जर रहेको भन्दै निजी विद्यालयहरुको विषयमा संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

‘प्याब्सन’का केन्द्रीय उपाध्यक्ष ईश्वर गुरुङले निजी विद्यालयहरुलाई बन्द गर्न खोजिए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।