Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सत्यनिरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारीको नाम सिफारिस


0
Shares

काठमाडौं, माघ ४ । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ ।

यसैगरी, बेपत्ता आयोगको अध्यक्षमा युवराज सुवेदी र सदस्यहरुमा विष्णु भण्डारी, सुनिलरञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस गरिएको जनाइएको छ ।

दुवै आयोगमा एक/एक अध्यक्ष र चार/चारजना सदस्य सिफारिस गरिएको हो ।

करिब एक वर्षदेखि दुई आयोग पदाधिकारीविहीन छन् ।