 
	    काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षाकवचको रूपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको बस्नेतले बताउनुभयो ।
नेता बस्नेतले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गर्नुभएको छ । आधारपत्रमा बस्नेतले आफू मन्त्री हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरूका बारेमा उल्लेख गर्नुभएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्