Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


अन्नपूर्ण घुम्न गएका चार कोरियालीसहित ६ जना बेपत्ता


0
Shares

काठमाडौं । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन् ।

अन्नपूर्ण आधारशिविर पुगेका ९ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखिएको छ ।

मौसम सुधार हुनासाथ उनीहरुलाई हेलिकप्टरमार्फत पोखरा ल्याइने बताइएको छ ।

अत्याधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चारजना कोरियन नागरिक र एक जना गाईड सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए

हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए । 

Skip This