Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


नेकपा दुई अध्यक्षको मात्र निजी हो ?: भीम रावल


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री एव पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान मिचेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नहुँदै अध्यक्ष ओलीले कूटनीतिक मर्यादा मिचेर भारतीय मन्त्री सुश्मा स्वराजलाई भेटेको, सोल्टी होटलमा ‘होली वाइन’ कान्ड मच्चाएको, देशको विरुद्ध बोल्ने सीके राउतको भब्य समारोहबीच भित्र्याएको लगायतका कार्यहरु पार्टीको नीति विपरित रहेको रावलको भनाइ छ ।

अहिले सभामुख चयन प्रक्रियामा देखिएको मतभेद दुई अध्यक्षबीचका कारण भएको उनको आरोप छ । ईमेज च्यानलसँग अन्र्तवार्ताका क्रममा उनले भने, ‘नेकपा दुई अध्यक्षको मात्र निजी हो ?’

रावलले अध्यक्ष ओलीका धेरै कमजोरीहरुका कारण पार्टीलाई क्षति पुगेको पनि बताए । पार्टी एकलौटी रुपमा चलाएको आरोप पनि उनले लगाए ।