Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


पदमा जोसुकै भए पनि देशमा माओवादी नेतृत्व छ : दाहाल


0
Shares

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरपालिकाले विकास बहसको नाममा राज्य शक्ति प्रदर्शन गरेको छ ।

“समृद्धि भरतपुरका लागि विकास बहस” नाम दिइएको कार्यक्रममा माओवादी अध्यक्ष दाहालसहित सात जना क्याबिनेट मन्त्री सहभागी भएका छन् । कार्यक्रमको उद्घाट्न गर्दै माओवादी अध्यक्ष दाहालले देशमा राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीले चलाएको उद्घोष गर्नुएको छ ।

देशभित्र र बाहिरसमेत माओवादीलाई ‘अपराजय’ शक्तिका रुपमा स्वीकारिएको उहाँको दाबी छ । माओवादी कमजोर हुँदा र सुस्ताउँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको भन्दै उहाँले नेकपा एमालेलाई सवैभन्दा ठूलो प्रतिक्रियावादी शक्ति भन्नुभयो । अहंकार र दम्भले ग्रस्त भएका तत्वलाई बालुवाटारबाट गलहत्याएर बालकोटमा र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पु¥याउने कामको अगूवाई माओवादीले नै गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, महिला मन्त्री उमा रेग्मी, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, विना विभागीय मन्त्री उमेश श्रेष्ठ, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलगायत सहभागी छन् । कार्यक्रममा विभिन्न मन्त्रालय सचिवहरु र विभागका महानिर्देशकहरु पनि सहभागी गराइएको छ ।