३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


एमाले महाधिवेशनले व्यावसायी उत्साहित, सौराहमा मात्रै सवा सय होटलका करीब ४ हजार कोठा बुकिङ


0
Shares

डोलराज रानाभाट

चितवन । एमालेले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेसँगै यहाँका पर्यटन व्यवसायी पनि उत्साहित देखिएका छन् । कोरोनाका कारण बन्द रहेको सौराहाको पर्यटन प्रवद्र्धन हुने र आर्थिक पक्षसमेत बलियो हुने विश्वासले पर्यटन व्यवसायी हौसिएकाछन् ।

कोरोना महामारीले देशकै मुख्य पर्यटकीय नगरी चितवनमो यो सौराहा २ वर्ष पूर्णरुपमै थला पर्यो । यसरी थलापरेको पर्यटन क्षेत्र अहिले विस्तारै आन्तरिक पर्यटकमार्फत वामे सर्ने तरखर गर्दे छ । यहाँका पर्यटन व्यवसायीले पनि यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको महाधिवेशनले यहाँको पर्यटन क्षेत्रको गतिलाई तिव्रता दिने बिश्वास गरेकाछन् । महाधिवेशनको बन्दसत्रदेखि चुनावी प्रकृया सवै पर्यटकीय नगरी सौराहामा गर्ने निर्णयसँगै पर्यटन व्यवसायी उत्साहित भएकाछन् । यसले सौराहाको पर्यटन प्रवद्र्धन,प्रचारप्रसारमा ठूलो सहयोग मिल्ने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईको विश्वास छ ।

सौराहाका १ सय २० वटा होटलका ३ हजार ५ सय वटा कोठा बुकिङ भइसकेका छन् भने अन्य पनि बुकिङको प्रकृयामा छन् । यसले होटलबाट विस्थापित कर्मचारी र मजदुरले समेत रोजगारी पाउने भएका छन् । पेशा परिवर्तन गरेका वाहेक ४ हजार भन्दा बढी काममा फर्कीएको छन् ।

बन्दसत्र गर्न छानिएको होटल सेभेनस्टारका संचालक माधव दुवाडीलाई पनि यति बेलो निकै चटारो छ । यसअघिपनि ठूल –ठूला कार्यक्रम सम्पन्न त भई सकेकाछन् तर, केन्द्रीय रुपमै आईलागेको यो अवसरलाई कसरी सफल बनाउने भन्ने ध्याउन्न छ उहाँलाई । अहिले होटलसम्म पुग्नेबाटो कालोपत्रे गरीदै छ भने सरसफाईदेखिका अन्य व्यवस्थापनको कामलाई पनि आकर्षक बनाईदै छ ।

एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले चितवनको पर्यटन क्षेत्रलाई समेत मध्यनजर गरेर महाधिवेशन गर्ने निर्णय गरेको बताउँदै सफल पार्न सवैमा आह्वान गर्नुभएको छ । साथै मध्यभागमा समेत रहेकाले यो ठाउँ छनौट भएको उहाँको भनाई छ । दोस्रो लहरको कोरोना महामारीपछि विस्तारै चलायमान हुँदैगएको सौराहा, यो महाधिवेशनपछि गुणात्मकसँगै संख्यात्मक दृष्टिकोणले पनि पर्यटक बढेर जाने आशा व्यवसायीहरुमा छ । महाधिवेशनसंगै हौसीएको उनीहरुको मन र देखिएको जोसजागरलाई यो महाधिवेशनले कति सम्बोधन गर्न सक्छ ? त्यो त महाधिवेशनपछि देखिएला । तर, यहाँका व्यवसायीले यसरी देखाएको उत्साह, मेहनत र गरेको आशलाई निरासामा परिणत गर्ने काम चाहि पक्कै गर्न हुन्न ।