Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


युएई दुर्घटनामा ३ नेपालीको ज्यान गएको पुष्टि, १४ घाइते ? (नामावलीसहित)


0
Shares

काठमाडौं । युएईको आबुधाबीमा हिजो भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस हिजो बिहान अल रहा भन्ने स्थानमा दुर्घटना भएको थिए ।

गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ को मृत्यु भएकोमा ३ नेपाली रहेको पुष्टि भएको हो । ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना भने खुल्न बाँकी छ ।

यही घटनामा अन्य देशका ३ नागरिकको पनि ज्यान गएको छ । दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् ।

त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् ।

सुजलाको नेपाल ठेगाना भने खुलेको छैन । घाइतेहरुको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ । बसमा चालकसहित २४ सवार थिए ।

जसमा २३ महिला रहेको बताइएको छ । घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।

 

Skip This