Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो


0
Shares

चितवन । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

बिहीबारदेखि परेको वर्षाले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।

पानी परिरहेका कारण पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । रासस