दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)
काठमाडौं, माघ २ । राजनीतिक दबाबमा चितवन प्रहरी कार्यालयमा सरुवा गरिएकी प्रहरी उपरीक्षक गंगा पन्तको ठाउँमा नयाँ व्यक्ति पठाउने तयारी नेपाल प्रहरीले गरेको छ ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लले गएको पुस १४ गते ‘चार्ज’ बुझाएपछि रिक्त रहेको स्थानमा राजनीतिक चाहनाअनुसारको नयाँ प्रहरी प्रमुख पठाउन लागिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला भएको नाताले चितवनमा हुने राजनीतिक र प्रशासनिक फेरबदलमा दाहालको नाम जोडिन्छ ।
दाहालनिकट मानिएका तत्कालीन चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लको सरुवा गरी गंगा पन्तलाई पठाउने निर्णय प्रहरी प्रधान कार्यालयले गरेको थियो ।
तर, मल्लले दुई सातासम्म जिल्ला नै नछोडेपछि पन्तले लामो समयसम्म चितवन प्रहरी प्रमुखमा बहाली हुन पाइनन् ।
अहिले एकाएक पन्तलाई रोकेर अर्का प्रहरी उपरीक्षकलाई चितवन प्रहरी प्रमुख बनाएर पठाउन लागिएको छ ।
प्रहरीले पन्तलाई किन चितवनमा बहाली हुन रोकियो भन्ने स्पस्ट कारण दिइएको छैन ।
यसअघि, दाहालले नै आफ्ना पूर्व‘बडीगार्ड’ मल्ललाई चितवन लगेको तथ्य कतैबाट लुकेको छैन ।
कतै प्रहरीले सरुवा भएकी पन्तलाई रोकेर अहिले पनि राजनीतिक दबाबमा फेरि अर्कै प्रहरी उपरीक्षकलाई चितवन पठाउन लागेको त हैन ? भन्ने प्रश्न उत्पन्न भएको छ ।









प्रतिक्रिया दिनुहोस्