काठमाडौं, माघ १ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धकालमा मारिएका १७ हजार मध्ये ५ हजारको जिम्मा आफूले लिने भन्दै बाँकी १२ हजारको जिम्मा तत्कालिन शासकले लिनुपर्ने बताए ।
काठमाडौंको टुँडिखेलमा बुधबार थारु समुदायको माघी महोत्सवलाई सम्बोधन गर्दै दाहालले आफूमाथि बारम्बार १७ हजारको हत्या गरेको आरोप लाग्ने गरेको भन्दै गुनासो गरे ।
दाहालले टीकापुर घटनाको मूख्य दोषीको रुपमा जेलमा रहेका रेशम चौधरी छिट्टै छुट्ने दावी गर्दै चौधरीलाई छुटाएरै छाड्ने पनि बताए । माघी महोत्सवमा विभिन्न साँस्कृतिक झाँकीहरुसहित परम्परागत पहिरन प्रस्तुत गरिएको थियो ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । टुँडिखेलमै मगर समुदायले माघे सकराती पर्व मनाएका छन् ।




प्रतिक्रिया दिनुहोस्