१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


एनएमबि बैंकको भिडियो कलबाट खाता खोल्ने सुविधा


0
Shares

काठमाडौं । एनएमबि बैंकले एक भिडियो कलमा पाँच मिनेटमै देश वा विदेशमै रहेर पनि खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

बैंकको सुविधाबाट केवाईसी पनि अपडेट गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरूले मोबाइल र इन्टरनेट बैंकिङ्गको माध्यमबाट बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरू सञ्चालन गर्नसक्ने बैंकले जनाएको छ ।

प्रविधिमा आधारित बैंकिङ कारोबारले सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ ।

यस्तै बैंकले युवा अभिनेता पल शाहलाई बैंकको सद्भावना दूतको रुपमा चयनसमेत गरेको छ ।