Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


चिसोले डोम समुदायको जनजीवन कष्टकर


0
Shares

सप्तरी । निरन्तरको शितलहरसँगै बढेको चिसोका कारण सप्तरीको छिन्नमस्ता गाउँपालिकाको डोम समुदायको जनजीवन कष्टकर बनेको छ ।

बसोबास र गरिबीका कारण पोषिलो खाने कुराको अभाव तथा न्यानो लुगा नहुँदा वडा नम्बर ६ का १२ घर डोम परिवारकोे जनजीवन कष्टकर बन्न पुगेको हो ।

कुनै कुनै वर्ष यस्तो चिसोमा ओड्ने लगायतका राहत पाउने गरेपनि यस पालि अहिलेसम्म स्थानीय सरकारदेखि स्थानीय संघ संस्था, जिल्ला प्रशासन कार्यालयसम्मको ध्यान पुग्न नसक्दा चिसोले कठ्यांग्रिएर बस्नु परेको उनीहरुले गुनासो गरेका छन् ।

ऐलानी जग्गामा झुप्रो बनाएर बसोवास गरिरहेका एक सय जनसंख्या रहेको डोम बस्तीका वृद्धवृद्धा र बालबालिकालाई पुसको ठण्डीले बढी सताएकोले राहतको व्यवस्था मिलाइ दिन उनीहरुले आग्रहसमेत गरेका छन् ।

यता छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलले स्थानीय एक समूहले दुई सातादेखि गाउँपालिका कार्यालयमा धर्ना दिदै काम अवरुद्ध गरेका कारण चाहेर पनि विपन्न परिवारमा राहत वितरण गर्न नसकिएको बताए । 

 

Skip This