 
	    एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएको छ । पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि साइकलको प्रयोग बढेको हो ।
यसअघि अफगानिस्तानी मूल्यअनुसार ३५ पर्ने प्रतिलिटर पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ पुगेको अधिकारीले जनाएका छन् । पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्य वृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन् ।
सरकारी अधिकारीले काबुलमा पछिल्लो समयमा पैदल यात्रीको संख्या धेरै देखिएको जानकारी दिएका छन् । साइकलको प्रयोग सस्तो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने र वातावरणलाई पनि फाइदा गर्ने भएकासमेतले साइकल प्रयोगकर्ता बढेको अनुमान गरिएको छ ।
विज्ञ तथा सरकारी अधिकारीले पनि साइकलको प्रयोगका लागि प्रोत्साहन गर्ने गरेको पाइएको छ । केही ढिला हुने बाहेक साइकलको कुनै बेफाइदा नभएको विज्ञको भनाइ छ ।
पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडादरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तित भएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्