२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


एमसीसीबारे प्रचण्ड र देउवाले अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न डा. रावलको माग


0
Shares

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष डा. भीम रावलले एमसीसी सम्झौताबारे पठाइएको गोप्य पत्र सार्वजनिक गर्न माग गर्नुभएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत डा. रावलले एमसीसी सम्झौताबारे अमेरिकालाई पठाइएको पत्र सार्वजनिक गर्न माग गर्नुभएको हो ।

बेलायत भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउन आफू र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पत्र पठाइसकेको बताउनुभएको थियो ।

‘राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र सार्वजनिक गरियोस्,’ उपाध्यक्ष रावलले भन्नुभयो, ‘यस्तो विषयमा गोप्य पत्राचार देशघात हो, प्रचण्डको पत्र के हैसियतले पठाइयो ?’