Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सुशासनका लागि सामाजिक चिन्तनमा सुधार ल्याउनुपर्ने


0
Shares

अर्घाखाँची । सुशासनका लागि सामाजिक चिन्तनमा सुधार ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा पछिल्लो समय अशिक्षा, बेरोजगारी तथा गरिबीले आक्रान्त बनेको समाजमा भ्रष्टाचारसमेत मौलाउँदै गएकाले सुशासनका लागि सामाजिक चिन्तनमा सुधार ल्याउनु पर्ने सरोकारवालाले बताएका छन् ।

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले भ्रष्टाचार निवारण गर्ने दायित्व राज्य, नागरिक समाज लगायत सबै पक्षको भएको बताए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा कुनै पनि क्षेत्रमा अनियमितता तथा बेथिती देखेमा उजुरी दिन सबैलाई आग्रह पनि गरे । 

Skip This